मलेसियाली प्रतिष्ठित कम्पनी टप ग्लोबको पञ्जा जफत गर्दै अमेरिका!

एजेन्सी:= अमेरिकाको भन्सार तथा सीमा सुरक्षा (सीबीपी)ले मलेसियाको एक प्रतिष्ठित कम्पनी टप ग्लोब (Top glove ) कम्पनीले निर्माण गरेको ग्लोब,पञ्जा जफत गर्न निर्देशन दिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द-गार्डिएनले आफ्नो समाचारमा उल्लेख गरेअनुसार टप ग्लोब कम्पनीले पञ्जा उत्पादनको क्रममा कम्पनीमा कार्यरत स्वदेशी तथा कामदारहरुमाथी श्रम शोषण गरेको र कामदारहरुलाई  समयभन्दा बढी काममा लगाएको र उनीहरुको काम गर्ने तथा बस्ने ठाउँको उचित ब्यवस्थापन नगरेको, कामदारको हकहितमा बनाइएको नियम पनि सही नभएको आरोप लगाउदै अमेरिकाको सीबीपीले पञ्जा जफतको लागि निर्देशन दिएको हो।समाचारमा जनाइएको छ।

सीबीपीले आफूसँग श्रम शोषण भएको हो भनेर पुष्टि गर्ने पर्याप्त प्रमाण रहेको दाबी गरेको छ । टप ग्लोब विश्वको सबैभन्दा ठूलो लेटेक्स पञ्जा उत्पादक कम्पनी हो । यो कम्पनीले विश्वका १९५ मुलुकमा पञ्जा निर्यात गर्दै आएको छ। कम्पनीले श्रम संस्कार सुधारका लागि उल्लेख्य कदम चाल्दै आएको बताउँदै आएको छ।

सीबीपीले सस्तो मूल्यमा पञ्जा बिक्रीको लागि श्रम शोषणलाई सहन नसकिने बताएको छ । गत जुलाईमा अमेरिकाले टप ग्लोबका दुई कम्पनीका उत्पादनमा प्रतिबन्ध लगाएको थियो । अहिले भने टप ग्लोबले उत्पादन गरेका सबै किसिमको पञ्जामा प्रतिबन्ध लगाइएको हो।
अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा