‘नेपाल वेष्ट म्युजिक अवार्ड–२०२१’: उत्कृष्ट पाँच मनोनयन सार्वजनिक।

काठमाडौं:= यस वर्षबाट नयाँ अवार्ड ‘नेपाल वेष्ट म्युजिक अवार्ड’ आयोजना हुँदैछ । जसलाई तुल्सी मिडियाले आयोजना गर्दैछ । आउँदो वर्षको वैशाख पहिलो साता राजधानीमा सम्पन्न हुने यस अवार्डको उत्कृष्ट पाँच मनोनय सार्वजनिक गरिएको छ।

‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नारालाई आत्मसात गर्दै यस ‘नेपाल वेष्ट म्युजिक अवार्ड–२०२१’का लागि ३५ विधामा मनोनयन सार्वजनिक गरिएको हो । नेपाली गीतसंगीतलाई प्रवर्धन गर्दै नेपाली सांगीतिक क्षेत्रको चलायमान र क्रियाशिलतालाई यस अवार्डले अझ बढाउने आयोजक संस्थाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले बताउनुभयो ।

पपुलरतर्फका सबै विधामा प्रत्यक्ष भोटिङसमेत हुने आयोजकले जनाएको छ । यस्तै दुई दशकभन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।