काठमाडौँ := आन्दोलनरत थारु कल्याणकारीणी सभा, थरुहट/थारुवान संघर्ष समिती केन्द्रीय आन्दोलन परिचालन समिति लगायत विभिन्न थारु संगठन र गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच मंगलबार भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ।
टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने हितका १९ बुँदे माग राखेर केही दिनदेखि थरुहट थारुवान संघर्ष समिती आन्दोलनमा छन्।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् भने थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमिलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सदस्य रहेका छन्।




















