प्रदेश नम्बर.१ मा मन्त्रिपरिषद् विस्तार।

विराटनगर:= प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्नु हुने भएको छ । पुनर्गगठित मन्त्रीमण्डलमा टंक आङबोहाङ अर्थमन्त्री र उषाकला राई सामाजिक विकासमन्त्री हुनु हुने भएको छ।

यसै गरि भौतिक पूर्वाधारमन्त्रीमा अम्बिरबाबु गुरुङ र कृषिमन्त्रीमा राम राना हुनु हुने छ । त्यस्तै राज्यमन्त्रीमा उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने पक्का भएको छ । नव नियुक्त मन्त्रीहरुको शपथ अपरान्ह १ बजे हुने छ ।