काठमाडौं:= पछिल्लो २४ घण्टामा देशभर थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ जनाको पिसिआर परीक्षण भएको थियो ।
आज थपिएका १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको उल्लेख गरेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ६३ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा २ ललितपुरमा ८ र काठमाडौं जिल्लामा ५३ जना सङ्क्रमित थपिएका छन् ।




















