थारु समुदायको होली पर्वलाई लक्षित म्युजिक भिडियो “भौजी हो भौजी” सार्वजनिक।

[ राम अवतार चौधरी ] 

कपिलवस्तु := रङ्ग तथा हिन्दुहरुको महान पर्व भनेर मनाईने पर्व होली पनि एक हो । यसै पर्वलाई नेपाली समाजमा फरक फरक समुदायले आ–आफ्नो रीतिथिति परम्परा अनुसार बेग्ला–बेग्लै ढङ्गाले मनाईने गरेको देख्न सकिन्छ । सोही परम्परालाई मान्यता राख्दै थारु समुदायले भने होली पर्वलाई केहि रोचक तरिकाले मनाउने गरेको पाईन्छ।

थारु समुदायमा संभव भए घर घर नभए एक ठाउँमा जम्मा भएर रङ्ग सहित नाच्ने गाउने साथसाथै होलीको पहिलो दिन बेलुका केराको बोट, भक्लेंर बोट भुइमा गाड्ने र त्यसमाथि नल(टिल्ठा) खेतमा लगि (सम्मत) जलाउने गरिन्छ ।

थारु समुदायकोे अनुसार सम्मत जलाउनु भनेका मरेको लास(मुर्दा) हो भन्ने अर्थ लाग्दछ त्यो जलाउँदाको बखत केटाकेटीहरको कपडाहरु आगोमा सेक्ने र सकेपछि दुःख कष्ट नआउने थारु अगुवा हर्जु थारुले बताए । अर्को भोली पल्ट त्यहि खरानी ल्याउने र रङ्ग दुबै घरको कुल देउतालाई चलन रहेको जानकारहरु बताउँछन्।

त्यसैलाई लक्षित गरि थारु भाषाको गीतहरु धमाधम सार्वजनिक हुने क्रम नै जारी छ । यसैबीच सोही पर्वलाई लक्षित गरि “भौजी हो भौजी” बोलको थारु भाषाको गीत सार्वजनिक भएको छ ।

जसमा पश्चिम क्षेत्रकै लोक प्रिय युवा गायक खेम चौधरी र मनमती बखरीयाको निकै सुमधुर स्वरमा सजिएको धुमधामका साथ होली पर्व मनाउने गरि उक्त गीत थारु प्र्रोडकसन हाउसबाट केहि दिन अघि सार्वजनिक भएको हो ।

हिरा चौधरीले निर्देशन गरेको भिडियोमा बिरु चौधरी र सामु चौधरीले गरेको अभिनयमा मुख्य भूमिका रहेको भिडियोमा देख्न सकिन्छ । यस्तै शब्द संगित मनमती बखरीयाले आफैले गरेकी छन् । भने कोरसमा निक्का बोस(निरज), रन्जिता बखरीया, सनी र डटकम चौधरी लगायतले कलर फुल्ल भएको देखिन्छन् ।

देवर भाउजुले रङ्ग र अविरसँगै होली खेलेको रमाइलो पल तथा होलीको उत्साह मनाउँदै गरेको भिडियोमा क्यामेरा मेन अमित बिकले गरेका छन् भने मेकअपमा शिवा पार्की रहेका छन् । यसैगरी सम्पादन भने हिरा चौधरीले गरेका छन् ।

थारु समुदायले बर्षभरि आफू भित्र रहेको रिस राग सबै भुली एक आपसमा भाइचारा एवम् सदभावको सम्बन्ध काय गर्ने मान्यता राख्दै आएको बताईन्छ । रङ्गको पर्वमा सर्तक रहि गीत संगीतसँगै मनोरञ्जन गरि पर्व मनाउने कलाकारले विश्वास लिएका छन् । भिडियोमा कलरफुल तस्बिर लगायत मनोरम दृश्यहरु सँगै निर्माण गरिएको सो म्युजिक भिडियोले निकै चर्चा पाउने कलाकारले जिकिर गरेका छन् ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :