एजेन्सी (कोलोराडो):= अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर शहरमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बोल्डर शहरको टेबल मेसा इलाकाको एक सुपरमार्केटमा स्थानीय समयअनुसार सोमबार दिउँसो ३ बजे गोलाबारी भएको हाे ।

एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा प्रहरीसहित १० जनाको मृत्यु भएको छ । प्रहरीले एक संदिग्धलाई गिरफ्तार गरिसकेको छ । हाल उक्त घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



















