वरिष्ठ नेता माधवकुमार नेपाल,भिम रावल सहित चार नेताको घरमा स्पष्टीकरण पत्र।

काठमाडौं:= नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको घरमा स्पष्टीकरण पत्र पठाइएको छ । नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधिएको हो । चारै जना नेताहरुलाई तीन दिनभित्र स्पष्टीकरण दिन पनि भनिएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माधव नेपाल समूहले उक्त बैठक बहिष्कार गरेको थियो ।