कतारमा आप्रवासी विदेशी श्रमिकको न्यूनतम तलब १ हजार रियाल कार्यान्वयनमा।

एजेन्सी := कतारले आप्रवासी विदेशी श्रमिकहरुको न्यनतम ज्याला कतारी रियाल १ हजार निर्धारण गरि कार्वानयनमा ल्याएको छ।

कतार सरकारले यसअघि नै घोषणा गरेको वैदेशिक रोजगारीको निम्ति कतारमा कार्यरत आप्रवासी विदेशी श्रमिक हरुको न्यूनतम ज्याला (सेलरी) मार्च २० देखि कार्यान्वयनमा आएसँगै कतार आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गरेर कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

साथै यो संगै कतारले श्रमिकहरुले पाउने न्यूनतम भत्ता पनि तोकेको छ । यदि रोजगारदाताले खाने र बस्ने व्यवस्था नगरेको खण्डमा अब खाना भत्ता बापत तीन सय रियाल र आवास भत्ता बापत पाँच सय रियाल श्रमिकलाई दिनुपर्ने हुन्छ । खाने बस्ने व्यवस्था रोजगारदाताले नै गरेको अवस्थामा भने श्रमिकले न्यूनतम भत्ता पाउने छैनन् ।

कतार सरकारले यो कानुन कार्यान्वयनमा ल्याएसँगै कतारमा कार्यरत नेपालीलाई पनि फाइदा हुनेछ । न्यूनतम तलब सुविधा अहिले कार्यान्वय भए पनि कतारका पाँच हजार भन्दा बढी कम्पनीले पहिलेदेखि नै न्यूनतम तलब सुविधा कायम गरिसकेको कतार सरकारले जनाएको छ ।

पछिल्लो समय कतार सरकारले श्रमिकको पक्षमा काम गरिरहेको छ । यसअघि कतारले श्रमिकको हितलाई मध्येनजर गर्दैै रोजगारदाता परिवर्तन गर्न पाउने कानुन ल्याएको थियो । २०२० को अन्तिम चौमासिकमा ७८ हजार श्रमिकले यसको फाइदा लिइसकेको कतार सरकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराले आफ्नो समाचारमा लेखेको छ ।​