क्वालालम्पुर (मलेसिया):= नेकपा एमाले पार्टीको प्रवास शाखा प्रवासी नेपाली मञ्च मलेसियालाई ब्युताईएकाे छ । सर्वाेच्च अदालतकाे फैसलाले नेकपा एमालेलाई ब्युताए पछि स्वभाविक रुपमा पार्टीको प्रवास शाखाकाे रुपमा रहेकाे मञ्च ब्युतिएकाे हाे।
पार्टी एकिकरण भए संगै तत्कालिन प्रवासी नेपाली मञ्च माओवादी केन्द्र सम्बद्ध प्रवास शाखा संग एकीकृत भएपछि प्रवासी नेपाली एकता मञ्चमा परिणत भएकाे थियाे।
तर, पार्टी एकता टुंगोमा नपुग्दै विभाजन भएपछि तत्कालिन राजेन्द्र प्रकाश भण्डारीकाे अध्यक्षतामा रहेकाे प्रवासी नेपाली मञ्चलाई ब्युताईएकाे घाेषणा राजेन्द्र प्रकाश भण्डारीकाे अध्यक्षतामा हिजो मिति २०२१ मार्च २१ गते बसेकाे बैठकले गरेका हुन।
प्रवासी नेपाली मञ्च ब्युतिएकाे घाेषणा संगै अस्वस्थकाे कारण राजेन्द्र प्रकाश भण्डारीले अध्यक्ष पदबाट राजिनामा दिनु भएकाे छ। अध्यक्षकाे राजिनामालाई हिजै बसेकाे बैठकले स्वीकृत गरि नव अध्यक्ष समेत चयन गरेकाे छ। बैठकले नव अध्यक्षमा शेर बहादुर गुरुङलाई चयन गरेकाे हाे।
शेर बहादुर गुरुङकाे अध्यक्षतामा बसेकाे बैठकले भुतपुर्व अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीलाई मञ्चकाे सल्लाहकारमा सिफारिस गरेकाे र कमिटीलाई गतिशिल बनाउन छिट्टै पूर्ण बैठक बाेलाउने निर्णय गरिएकाे कुरा मञ्चका महासचिव दयाराम कुमालले जानकारी गराउनुभयो।




















