क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२१ / ०३/ २१ तारिख, आईतवारको दिन बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ। आज युरो १ को खरिददर १३७ रुपैयाँ ६२ पैसा र विक्रिदर १३८ रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यसैगरी कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ७८ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ९५ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३० रुपैंयाँ ८५ पैसा तथा विक्रि दर ३० रुपैंयाँ १ पैसा छ। युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ५० पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ६७ पैसा छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ १७ पैसा तथा विक्रि दर २८ रुपैंयाँ ३६ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८३ रुपैंयाँ १ पैसा तथा विक्रि दर ३ सय ८५ रुपैयाँ रहेको छ। बहराइन दिनारको खरिद दर ३ सय ६ रुपैंयाँ ९४ पैसा तथा विक्रि दर ३ सय ८ रुपैंयाँ ५३ पैसा छ।
पछिल्लो समयमा मलेसियन रिंगिट को दर पनि क्रमशः उकालो लाग्दै गरेको थियो , तर पुनः केहिदिनदेखी मलेसियन रिंगेटको दररेट ओरालो झर्दै गरेको देखिन्छ। विभिन्न देशमा रहेका वाणिज्य बैंकहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन्।




















