एमाले केन्द्रीय कमिटी बैठकद्वारा माधव नेपाल, भिम रावल सहित पाँच नेतासँग स्पष्टीकरण माग्ने निर्णय।

काठमाडौं= प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली खेमाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल , उपाध्यक्ष भिम रावल लगायत चारजनालाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने निर्णय गरेको छ।

नेपाल र रावल सहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई  पार्टी हितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप छ । केन्द्रीय सदस्यहरुले राम कुमारी झाँक्रीलाई पनि कारबाही गर्नुपर्ने माग गरेका थिए ।

तर ‘हाइट’ र वेट नपुगेको भन्दै अध्यक्ष ओलीले झाँकीलाई स्पष्टीकरण नसोध्ने बताएको एक नेताले बताउनु भयो ।

बैठकमा सहभागी नेताका अनुसार बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ ।

नेकपाभित्र विवाद चुलिएसँगै आज केन्द्रीय कमिटी बैठक डाकिएको हो । तर, नेपाल– खनाल समूहले बैठक बहिष्कार गरेको छ ।