पाँचथर := फाल्गुनन्द एकता समाज मलेसियाद्धारा मृगौला पिडित पाँचथरको मिक्लाजुङ निवासी कलेन्द्र लावतीलाई आर्थिक रकम सहयोग प्रदान गरिएको छ ।
समाजका वरिष्ठ-उपाध्यक्ष मिक्सेन चेम्जोङको विशेष पहलमा मिक्लाजुङ निवासी लावतीलाई फाल्गुनन्द निवासी समिक्षा लावती मार्फत नेपाली रु. ३२ हजार ९ सय ७५ रुपैया सहयोग प्रदान गरिएको संस्थाका संरक्षक सन्तोष रिजालले बताउनुभयो।
वि.स. २०१९ सालमा स्थापना भएर अहिले सम्म निरन्तर समाज सेवाको काममा सक्र्रिय रुपमा लागि परेको फाल्गुनन्द एकता समाज मलेसिया संस्था क्रियाशिल रहिआएको छ ।
यस संस्थाले विशेष गरी फाल्गुनन्द गाउँपालिका र पालिका बाहिर जिल्लामै पनि निरन्तर समाज सेवाको क्षेत्रमा क्रियाशिल रहेर काम गर्दे आएको संस्थाका संरक्षक रिजालले बताउनुभयो।




















