तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, ८६ हजार ९ सय रुपैयाँ निर्धारण।

काठमाडौं := सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ। बुधवारका लागि बजार मूल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य तीन दिन देखी प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा स्थिर रहेको थियो।

चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ७० रुपैयाँ कायम भएको छ।

तीन दिन यता चाँदीको मूल्य सामान्य बृद्धि हुँदै मंगलबार तोलामा एक हजार २ सय ८० रुपैयाँ पुगेको थियो।

अन्तरार्ष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा प्रभाव परेको महासंघले जनाएको छ। अन्तरार्ष्ट्रिय बजारमा सुन  प्रतिऔंस १७३६.६३ र चाँदी प्रतिऔंस  २५.८८ डलरमा कारोबार भइरहेको छ ।