ह्वील चेयरमै मेची महाकाली यात्रामा तामाङ्ग।

[ राम अवतार चौधरी ] 

कपिलवस्तु:= ह्वील चेयरमै मेची महाकाली यात्रामा रहेका रामबहादुर तामाङ्गलाई कपिलवस्तुको चन्द्रौटामा स्वागत गरिएको छ । सिन्धुपाल्चोक गाउँपालिका ७ निवासी ३८ वर्षीय तामाङ्गलाई यात्राको १८औँ दिनमा मंगलबार शिवराज–५, चन्द्रौटा पुग्दा एक कार्यक्रमका बीच स्वागत तथा बाँकी यात्राको शुभकामना सहित सम्मान गरिएको हो ।

मेची महाकाली यात्रामा रहेका तामाङ्गले शारीरिक रुपमा अपाङ्गता भएपनि मानसिक रुपमा अपाङ्गता बन्न हुदँैन र दिमागले गर्न सक्ने काम गर्नुपर्ने जनाउँदै आफुजस्तो साथीलाई हौसला मिलोस भनेर यात्रा तय गरेको बताए । आफ्नो जिवनको मालिक हाफै हो भन्ने उद्देश्यले विश्वमा नै सामान्य ह्वील चेयरमा यति लामो यात्रा आजसम्म कसैले नगरेको हँुदा आफुले यात्रा तय गरेको उनले जनाए ।

यसैबीच व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलले मानिस शारीरिक रुपमा असक्त भए पनि मानसिक रुपमा असक्त हुन नहुने बताउँदै साहसिक र प्रेरणादायिक यात्राका लागि बधाई एवम् बाँकी यात्रा सुखद र सफल बनोस भनी शुभकामना व्यक्त गरे ।

एस सि आइ लुम्बिनी प्रदेश कोषाध्यक्ष खुमराज घिमिरे, लगायत स्थानीय समाजसेवी उद्यमी व्यापारी, स्वर्गद्वारी आश्रम खरेन्द्रपुरका अध्यक्ष चुडामणी पोख्रेल लगायतले चन्द्रौटाको घिमिरे भोजनालयमा आयोजित कार्यक्रममा खादा ओढाएर बधाई एवम् बाँकी सुखद यात्राको कामना सहित मन्तव्य व्यक्त गरेको थिए ।