नेपाली काङ्ग्रेस जनसम्पर्क भारत हरियाणा राज्य शाखाको प्रथम अधिबेशन सम्पन्न,अध्यक्षमा खाती।

[समीर मल्ल]

भारत := यहीँ मिति सन् २०२१ मार्च १४ तारिखको दिन बझाङ नेपाली काङ्ग्रेस बझाङ-भारत जनसम्पर्क समिती हरियाणा राज्य समितिको प्रथम अधिबेशन तथा सास्कृतिक कार्यक्रम भब्यताका साथ गोबिन्द खातिको अध्यक्षतामा नयाँ समिति गठन गर्दै सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेपालबाट प्रमुख अथितिमा पुर्ब परराष्ट्र राज्यमन्त्री तथा निबर्तमान कोरियाका महामहिम राजदुत अर्जुन जङ्ग बहादुर सिंह बिशिस्ट अतिथिमा प्रखर वक्ता नेपाली काङ्ग्रेस बझाङका युवा तथा संघीय साँसद नेता प्रकाश रसाइली तथा नेताहरु गणेश भन्डारी , राम खाती ,हेम खड्का, दिल बहादुर सिंह ,राजेन्द्र बिस्ट तथा तरुण दल बझाङका युवा नेता प्रखर वक्ता दुग्धेस्वर पाण्डेको उपस्थित रहेको थियो।

राष्ट्रिय तथा स्थानिय कालाकार हरुको समेत बाक्लो उपस्थित रहेको उक्त कार्यक्रममा सुदूरपश्चिम भेगमा खेलिने देउडा खेलिनुका साथै हुडकेउली ,छलिया तथा विभिन्न किसिमका झाकी नाचहरु समेत प्रस्तुत गरिएको हरियाणा राज्य शाखाका नेता तथा आयोजक उमेश रावलले जानकारी गराउनु भयो।

हजारौको उपस्थित रहेको उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सयौं युवाहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए। उहाहरुलाइ प्रमुख अथिती तथा पुर्ब मन्त्री अर्जुन जंग बहादुर सिह तथा संघिय सान्सद प्रकाश रसाइलीले स्वागत गरि पार्टी प्रवेश गराउनु भएको थियो।

उक्त कार्यक्रममा प्रमुख वक्ता तथा बिशिस्ट अथिती प्रकाश रसाइलीले देश देखि बिदेश सम्म काङ्ग्रेस प्रती आस्था राख्नेको लहर बढेको र अब देश निर्माण गर्ने जिम्मेवारी नेपाली काङ्ग्रेसको काधमा आएको भन्दै अब युवाहरुले जाग्नु पर्ने बेला भएको बताउनु भयो।

साथसाथै उक्त कार्यक्रममा मृगौला पीडित धन बहादुर थापालाई गणेश थापा र किशोर थापाको पहलमा २०,००० हजार भारतिय रुपैया जम्मा गरेर आर्थिक सहयोग समेत गरिएको थियो।

उक्त कार्यक्रमको ब्यबस्थापनमा राजु बानिया,भरत थापा,उमेश रावल,गोरख बानिया, गोबिन्द खाती, महेश कुवर, दिपेन्द्र कुवर,दिपेन्द्र किमाडी,मदन किमाडी,जशी थापा,करन कुवर , दिपेन्द्र रावलले गर्नु भएको थियो।

कार्यक्रमको सहजिकरण तरुण नेता तथा सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका पुर्ब अध्यक्ष समेत रहनु भयका कुशल कार्यक्रम संचालक दुग्धेस्वर पान्डेले गर्नु भयको थियो कार्यक्रम एकदमै भब्यताका साथ सम्पन्न भएको महासचिव मदन किमाडिले जानकारी गराउनु भयो।