लुम्बिनी := राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको महाधिवेशनले विनोद पहाडीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्य समितिको चयन गरेको हो ।
जसको उपाध्यक्षमा गोपाल बराइली, उपाध्यक्ष मिलन परियार, महिला उपाध्यक्षमा कमलाकुमारी विक (रसाइली),रहेका छन् । त्यस्तै प्रदेशगत उपाध्यक्षहरूमा प्रदेश १ बाट पर्वत पोर्तेल, २ बाट भोला पासवान, बागमतीबाट बुद्धि विश्वकर्मा, गण्डकीबाट दीपक परियार, लुम्बिनीबाट विनोद परियार, कर्णालीबाट टेकेन्द्र विश्वकर्मा र सुदूरपश्चिमबाट करण ताम्राकार चयन हुनुभएको छ।
महासचिवमा लक्ष्मण दर्नाल चयन हुनु भयो । सचिवमा सन्तोष गन्धर्व, वीरू नेपाली, सिकेन्द्र पासवान, रिता बुढाथोकी र कोषाध्यक्षमा भीम घिमिरे (विश्वकर्मा) चयन हुनुभयो । महिला सदस्यमा पूर्णिमा जनला, राधा नेपाली, अनित कुमारी, सुनित नेपाली, शान्ति गजमेर र मालती विक चयन हुनुभएको छ ।
केन्द्रीय सदस्यमा खुलातर्फ प्रेम सुनार, अमर सुनार, राधेश्याम विक, प्रमिण गजमेर, सरिता बराइली, मानसिंक विक, पिबी दियाली, फुलु सुनार, सञ्जय सौगात, राजेश सुनाम, वसन्त विक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउँले, वसन्त विश्वकर्मा, किसानसंगीत नेपाली चयन हुनुभयो ।




















