[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा दर्ताप्राप्त गर्न सफल एकमात्रै नेपाली फुटबल क्लब हिमालयन फुटबल क्लब मलेसियाद्वारा एक नेपाली श्रमिकको उद्धार गरि नेपाल फर्काइएको छ।
नेपाल ठेगाना रुकुम जिल्ला स्यालापाखा-१ निवासी २७ बर्षिय विशाल सार्की आज भन्दा बिगत ९ बर्षपहिले मलेसिया रोजगारीमा आएका थिए।
एक बर्षसम्म आफू सुरुमा आएको रोजगारदाता कम्पनीसंगै काम गरेपनि त्यस् पश्चात् कम्पनी छोडेर भागेर मलेसियामै अबैधानिक हैसियतमा बस्दै आईरहेका थिए।
मलेसियामै यताउता भौतारिदै गरेको अवस्थामा रहेका विशाल सार्की आजभन्दा २ महिना अगाडिदेखि अच्चानक मानसिक संन्तुलन गुमाई अलपत्र परेका थिए।
एक नेपालीलेनै मानसिक संन्तुलन गुमाएर पीडित भैई अलपत्र अवस्थामा फेला परेपछि हिमालयन फुटबल क्लब मलेसियाका म्यानेजर राजु तामाङको सक्रियतामा सार्कीको उद्धार गरि स्वदेश फर्काइएका हुन।

मलेसियाको अस्पतालमा विदेशीको उपचार गराउन एकदमै चर्को शुल्क तिर्नुपर्ने भएको हुनाले सार्कीको उपचार हुने सम्भावना एकदमै न्युन देखिएकोले प्राथमिक उपचार पश्चात् सार्की मलेसियाबाट स्वदेश फर्किनलाई लाग्ने सम्पुर्ण खर्च फुटबल क्लबलेनै ब्यहोरेर तिरिदिइएर स्वदेश फर्काइएको म्यानेजर राजुले मलाया खबरलाई जानकारी गराउनुभयो।
क्लबका म्यानेजर राजुले बताए अनुसार सार्की स्वदेश फर्किनलाई आवश्यक पर्ने मलेसिया स्थित नेपाली दूतावासले जारी गर्ने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) लगायत मलेसियन अध्यागमन बिभाग (ईमिग्रेशन) ले जारी गर्ने चेक आउट मेमो , स्पेशल पास , र अबैधानिक बसे बापत्तको तिर्नुपर्ने जरिवाना शुल्क र हिमालयन एयरलाइन्सको एकतर्फी हवाई टिकट क्लबले नै किनिदिएर सम्पुर्ण आवश्यक कागजात बनाईदिएर सहयोग गरि स्वदेश फर्काइएको बताउनुभयो।
लामो समयको प्रयास पछि मानसिक संन्तुलन गुमाएका विशाल सार्की यहीँ मिति सन् २०२१/०३/१३ तारिख शनिबारको दिनको बिहानको हिमालयन एयरलाइन्सको फ्लाईट मार्फत स्वदेश फर्किन सफल भएका हुन।




















