[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा सेक्युरिटी कम्पनीसंग आबद्ध रहि कार्यरत रहदैआएका एक नेपाली श्रमिक सुरक्षागार्डले झुन्डिएर आत्महत्या गरेको छ।
नेपाल ठेगाना पाँचथर जिल्ला ,फालेलुङ गाउँपालिका – ३ माङलेबुङ,साबिक मेमेङ ६ माङलेबुङ निवासी ३४ बर्षिय नेपाली श्रमिक सुर्य बहादुर चौहानले यहीँ मिति सन् २०२१ / ०३ / ११ तारिख बिहिवारको दिन मलेसियाको राजधानी क्वालालम्पुर आम्पाङमा कार्यक्षेत्रमै भवनको भर्याङमा अवस्थित रेलिङ्गमै डोरि बाधेर झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रवासी मेमेङ समाज मलेसियाको अध्यक्ष महेन्द्र केरुङले मलाया खबरलाई जानकारी गराउनुभएको हो।


अविवाहित नै रहेका मृतक सुर्य बहादुर बिगत १० बर्षदेखी मलेसियामा अबैधानिक हैसियतमा एक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका थिए।
मलेसिया आएदेखी एकपल्ट पनि स्वदेश फर्किन नपाएका मृतक सुर्य बहादुरको आमाबुबाको आजभन्दा केहि बर्ष अगाडि गाडी दुर्घटनामा मृत्यु भए पश्चात् घरमा एक भाई,बुहारी र दिदिबहिनीहरु मात्रै रहेको जानकारी प्राप्त भएको छ।

यता मलेसिया स्थित नेपाली दूतावाससंग यस् आत्महत्याको घटना बारे बुझ्दा , ” मृतकको परिवारसंग सम्पर्क गरेर शवको पोस्टमार्टम सकिए पश्चात् आवश्यक कानुनी कागजी प्रक्रिया पूरा गराई मृतकको शवलाई नेपाल फर्काउन दूतावासले सक्दो सहयोग गर्ने जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभएको छ।




















