एजेन्सी := इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
खेलमा चेल्सीले आत्मघाती गोलबाट अग्रता बनाएको थियो। एभर्टनका बेन गडफ्रेले ३१ औं मिनेटमा गोलगर्दा आत्मघाती गोल गर्दा चेल्सीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको चेल्सीका लागि दोस्रो गोल जोर्गिन्होले गरे। उनले खेलको ६५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।
जितसँगै चेल्सीले चौथो स्थान कायम गर्दै ५० अङ्क बनाएको छ । एभर्टन ४६ अङ्कसहित छैठौं स्थानमा रहेको छ । यस्तै गएराति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले लिड्स युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
लिगमा म्यानचेस्टर सिटी ६५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ५४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । लेस्टर सिटी ५३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।




















