रेडियो बिहानीका सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले गरे आत्महत्या।

धादिङ:= रेडियो विहानी ९७ दशमलब ६ मेगाहर्जमा कार्यरत धादिङका किर्याशिल सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले आत्मा हत्या गरेका छन् ।

रेडियो विहानीमा आबद्ध भएका श्रेष्ठ आफ्नो  युटुब च्यानल, रेडियो कार्यक्रम चौबन्दीका प्रस्तोता  लगाएत अन्य विभिन्न युटुव च्यानलमा समेत कार्यरत रहेका थिए  । श्रेष्ठ आइतबार पुछारबजारस्थित आफ्नै कोठा रहेको सिलिन पंखामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काले बताउनु भयो ।

श्रेष्ठको शब पोष्ट मार्टम रिपोर्टको लागि धादिङ  अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय  धादिङका प्रहरी  नायब  उपरीक्षक जागेश्वर भण्डारीले बताउनु भयो ।  उपरीक्षक भण्डारीका अनुसार  के कारण ले आत्मा हत्या  गरेको भन्ने विषय खुल्न नसकेको र थप पारम्भिक अनुसन्धान भैरहेको भताउनु भयो ।

मार्च ३ मा ‘जिवनमा सबैभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो ।’ झगडा  अनि रिस तिमीसङ्ग,माया पनि तिमीसङ्ग, भाग्याले साथ दिए जिन्दगी पनि  तिमीसङ्ग र कि जितिन्छ कि हारिन्छ मेहनत  गरिराछु आशा छ एकदिन  जिन्दगी  अबश्री फेरिन्छ  भन्दै  श्रेष्ठले फेसबुकमा स्टाटस लेखेका थिए ।