महिला सशक्तीकरणका लागि सबैभन्दा पहिला सम्पत्तिमाथि महिलाको अधिकार हुनुपर्छ । छोरासरह छोरीले पनि पैतृक सम्पत्ति पाउने कानुनी व्यवस्था भए पनि कार्यान्वयन भएको पाइँदैन । महिला पुरुष बराबर नारामा मात्रै सीमित छ ।
महिला हिंसा घटेको छैन भने हत्या बलात्कारका घटना बढ्दो क्रममा रहेको छ । महिलाहरू आफ्नै घरपरिवारमा त सुरक्षित महशुस गर्दैनन् भने बाहिरी वातावरणमा हिँड्न, व्यवसाय गर्न सहज छैन । सोही कारण पनि अधिकांश महिलाहरू उद्यम व्यवसाय गरेर आर्थिक गतिविधिमर्फ लाग्न नसकेका हुन् जस्तो लाग्छ ।




















