काठमाडाैं:= प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन्।
ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको छ। यस अभियानअन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ।
अभियान शुरु गर्नका लागि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी पनि पुगेका थिए।





















