एजेन्सी:= अफगानिस्तानको जलालावादमा तीन जना सञ्चारकर्मी महिलालाई गोली हानी हत्या गरिएको छ ।
तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका सन्चारकर्मीको मृत्यु भएके र एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा लिएको छैन । तर तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत महिना मात्र सर्वोच्च अदालतका दुई जना न्यायाधीशमाथि राजधानी काबुलमा गोली हानिएको थियो ।
यता राष्ट्रपति अशरफ घानीले तालिवानी विद्रोहीलाई नियन्त्रणयमा लिन सरकार लागिपरेको बताउनुभएको छ । उहाँले तालिवानीले देश कब्जा गर्न नसक्ने दावी गर्नुभयो ।
अमेरिकाले यसअघि गरेको सम्झौता अनुसार आफ्ना सेना फिर्ता बोलाउने र अफ्गान सरकारको नियन्त्रणमा रहेका तालीवानी लडाकूहरु रिहा भएपछि तालिवानीहरुले पुन आक्रमणलाई तीव्र पारेका हुन् ।
अमेरिकामा अझै २ हजार पाँच सय भन्दा बढी अमेरिकी सेना कार्यरत छन् ।




















