चन्द्रौटामा सिद्घार्थ बाल बिकास केन्द्र (मन्टेश्वरी कक्षा) समुद्घघाटन।

[ राम अवतार चौधरी ] 

कपिलवस्तु:= कपिलवस्तुको शिवराज–५, चन्द्रौटामा सिद्घार्थ बाल बिकास केन्द्र ( मन्टेश्वरी कक्षा ) समुद्घघाटन गरिएको छ । शिवराज नगर उपप्रमुख शिवकुमारी थारु द्वारा रिबन काटेर सोमबार केन्द्र समुद्घघाटन गरिएको हो ।

नगर उपप्रमुख थारुले मन्टेश्वरी कक्षा उद्घघाटन गर्दै धेरै कक्षाहरु  सञ्चालन गर्नुभन्दा थोरै भए पनि गुणस्तरियतामा ध्यान दिन जरुरी रहेको बताएकी छिन् । सञ्चालक परिवारलाई कागजातका प्रक्रियाहरु पुरा भए मात्रै सञ्चालन गर्न आग्रह गर्दै बालबालिकाहरुको भविष्यप्रति सचेत रहने उनले सुझाईन् ।

बर्षौ देखि चन्द्रौटामै सिद्घार्थ कम्प्युटर इन्स्टिचुयटको नामबाट गुणस्तणिय सेवा प्रदान गर्दै आएको ख्याति प्राप्त इन्स्टिचुयटसँगै अहिले सिद्घार्थ बाल बिकास केन्द्र थप्न सफल भएकोमा अझै सफलताको शुभकामना समेत थारुले व्यक्त गरिन् । मानिस कार्य व्यस्तताले गर्दा आफ्न बाल बच्चालाई हेरचाहका लागि कुसल मन्टेश्वरीको खोजी रहेको बेला सिद्घार्थ बाल बिकास केन्द्र (मन्टेश्वरी¬¬) खुलेकोमा खोजीमा रहेका अभिभावकलाई सो केन्द्रमा नै भर्ना गर्न आग्रह गरिन् ।

यस्तै सञ्चालक सुरेन्द्र प्रसाद थारुले आफूले चाहेको लक्ष्य प्राप्त गर्दा आत्म सन्तुष्टि मिल्ने गरेको बताएका छन् । उनले भने मैले तयार पारेको लक्ष्य प्राप्त गर्नुमा घर परिवारले सघाउनुका साथै इस्ता मित्रको समेत अह्म भुमिका रहेको उनले जानकारी दिए । आफ्नो बाल बालिकालाई सिद्घार्थ बालबिकास केन्द्रमा नै भर्ना गराई सेवा शुल्कमा समेत लाभ लिन अभिभावकलाई आग्रह गरे ।

उनले गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्घता जाहेर गर्दै सिद्घार्थ कम्प्युटर इन्स्टिचुयटको नामबाट सञ्चालनमा रहेको संस्था अहिले नयाँ स्थानमा आफ्नै निवासमा सरेको सञ्चालक थारुले जानकारी गराए । बालबालिकालाई शान्तिपूर्ण वातावरणमा मनोरञ्जन दिई दक्ष प्रशिक्षकद्वारा अध्यपन गराईने जनाउँदै आफ्नै साधनबाट विद्यार्थीलाई ल्यानेलैजाने व्यवस्था समेत रहेका थारुले बताए ।

त्यसैगरी शिवराज नगरस्तरिय थारु संग्राहलयका नगर अध्यक्ष प्रकाश थारु, किर्डाक नेपालका सिबिएम विनोद केवट र सरस्वता केसी लगायतले मन्तव्य व्यक्त गर्दै सफलताको कामना समेत व्यक्त गरेका थिए ।