सुनको भाउ आज ४ सय रुपैयाँले बढयो।

काठमाण्डाै:= लगातार घटेको सुनको भाउ आज भने बढेको छ। आज तोलामा ४ सय रुपैयाँले बढेर सुन ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनको भाउ ८८ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा पुगेको छ ।