एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न।

[ अभय दुबे ]

बारा:= रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ स्वास्थ्य चौकी मा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।      युनाइटेड युवा क्लव र एपोलो सिटी हस्पिटल प्रा.ली. चन्द्रपुर को समन्यनमा आयोजित १ दिने निशुल्क स्वास्थ शिविर सम्पन्न भएको हो।

साथै १ वर्षको स्वास्थ बीमा एपोलो हस्पिटल द्वारा गरिएको छ । जसमा रु.१०० चार्ज लाग्ने शुल्क युनाइटेड युवा क्लवले बेहोरेका छन् । कार्यक्रमलाई दोसल्ला ओढाई रिबन काटी शुभारम्भ गरिएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता युनाइटेड युवा क्लवको अध्यक्ष दिलमोहन कुमारले गरेका थिए भने प्रमुख अथितिमा गुजरा नगरपालिकाको अध्यक्ष संतलाल चौधरीलाई राखिएको थियो । त्यसै गरी विशिष्ट अतिथि मा एपोलो अस्पतालका संस्थापक अमर ठाकुर , चन्द्रनिगाहपुर सरकार अस्पतालका डा. देवशंकर पासवान को उस्थिती रहेको थियो ।

त्यस्तै अथितिमा युवा सामाजिक अभियन्ता अब्दुल सलाम, नवीन कुमार चौधरी , रंगपुर स्वास्थ चौकी का इन्चार्ज धीरेन्द्र पासवान , राधा भट्राई लगायत समाजका अगुवा बुद्धिजीवी र कल्बका सम्पूर्ण सदस्यहरू को सहभागी रहेको थियो ।

त्यसै गरी १५० जना स्थानियहरुले निशुल्क स्वास्थ सुविधा लिईएको थियो । भने स्थानिय अब्दुल सलाम ले बताएका छन ।
कार्यक्रम सञ्चालन विक्रम अस्थायी मगरले गरेको थियो ।