[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= फाल्गुनन्द एकता समाज मलेसियाको प्रथम अधिवेशन यहीँ मिति सन् २०२१/०२/२१ तारिख , आईतवारको दिन सम्पन्न भएको छ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्य नजरगर्दै अनलाइन भर्चुअल माध्यमबाट नेपालको पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीर बहादुर कुरुम्बाङ्को प्रमुख आतिथ्यतामा फाल्गुनन्द एकता समाज मलेसियाको प्रथम अधिवेशन सम्पन्न भएको समाजका संरक्षक सन्तोष प्रकाश रिजालले जानकारी गराउनुभयो।
सो अधिवेशनबाट संस्थाको विधान अनुसार तेज आङ्देम्बेको अध्यक्षतामा नव निर्वाचित कार्यसमिती समेत चयन गरिएको छ।

वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत युवा,युवतीहरु एकजुट भैई गठन गरेको फाल्गुनन्द एकता समाज मलेसिया संस्थाले भैइपरि समस्या परेको खण्डमा विदेश देखी आफ्नो देशमा समेत नेपालीहरुलाई सक्दो आर्थिक , भौतिक सहयोग गर्दै आईरहेको छ ।
प्रथम अधिवेशनबाट नव निर्वाचित कार्यसमितीको नमावली निम्न प्रकारको रहेको छ :
अध्यक्ष : तेज आङ्देम्बे
वरिष्ठ – उपाध्यक्ष : मिक्सेन चेम्जोङ
उपाध्यक्ष : प्रेम पाण्डे
महासचिव : जगत आङ्देम्बे
सचिव : भेषराज आङ्देम्बे
सह – सचिव : गोपाल चेम्जोङ
कोषाध्यक्ष : लक्ष्मण आङ्देम्बे
सह – कोषाध्यक्ष : जानुका आङ्देम्बे
त्यस्तै सदस्यहरुमा क्रमशः टँक आङ्देम्बे , सरु नेम्बाङ , प्रबिन आङ्देम्बे , धनेन्द्र नेम्बाङ , भोगेन्द्र नेम्बाङ , गजेन्द्र आङ्देम्बे , दिपक थापा , कुल बहादुर , अमृत थापा , कैलाश आङ्देम्बे , नवीन धमला ,
संस्थापक : कृष्ण बहादुर आङ्देम्बे
सल्लाहकार : वीर बहादुर कुरुम्बाङ् , देवीत्रा आङ्देम्बे
संरक्षक : सन्तोष प्रकाश रिजाल , हिमाल आङ्देम्बे





















