मलेसियामा कार्यरत नेपाली श्रमिक नुन बहादुरको सुतेकै अवस्थामा मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियाको एक कम्पनीमा करिब ६ वर्षदेखी कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ।

नेपाल ठेगाना नवलपरासी घर भएका नुन बहादुर मगर नाम गरेको नेपाली श्रमिकको कोठामा सुतेकै अवस्थामा मृत्यु भएको सोही कम्पनीमा कार्यरत एक नेपालीले जानकारी गराउनुभयो।

जानकारी अनुसार नुन बहादुर मगर मलेसियाको बहुप्रतिष्ठित कम्पनी मध्य एक केलाङ मेरुमा अवस्थित टप ग्लोभको ९ नम्बर शाखा फ्याक्ट्रीमा कार्यरत रहदै आएका थिए।

क्षयरोग (टि.बी.) रोगको कारण बिरामी परेर थल्ला परेका मगरको हिजो मिति सन् २०२१ /०२/ २६ तारिख , शुक्रबारको दिन सुतेकै अवस्था मृत्यु भएको बताइएको छ।