[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप,भ्याक्सिन लगाउन सुरु भएको छ।
आज मिति सन् २०२१ फेब्रुअरी २४ तारिख बुधबारको दिन बसेको मन्त्रीपरिषदको बैठकमा उपस्थित भएर प्रधानमन्त्री तान श्री मुहमदिन यासिनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो खोप (भ्याक्सिन) आफैले लगाएर खोपको सुरुवात गरेका हुन।
मलेसिया सरकारले राष्ट्रिय कोभिड-१९ खोप अभियान फेब्रुअरी २६ तारिखदेखी देशब्यापी सुरुगर्ने भनिए ता पनि अभियानको दुई दिन पहिल्यै आज प्रधानमन्त्री आफैले खोप लगाएर अभियानको सुरुवात गरेको मलेसियन स्वास्थ्य मन्त्रालयको तर्फबाट एककर्मचारीले स्थानीय सञ्चार माध्यमको संगको कुराकानीको क्रममा बताए।

प्रधानमन्त्री यासिनसंगै स्वास्थ्य मन्त्रालयका निर्देशक तान श्री डाक्टर नुर हिसाम अब्दुलाह र अन्य थप ४ जना स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरुले पनि आजै खोप लिइएको हो।
यस् अघि मलेसियाको बिज्ञान,प्रवृद्धी र नविनता मन्त्री खैरु जमालुदिनले भनेका थिए कि , कोरोना विरुद्धको खोप पहिलो लटको ३ लाख १२ हजार ३९० वटा पि-फाईजर बायोनटेक भ्याक्सिन (Pfizer-BioNTech vaccines) मलेसियामा अग्रपंक्ति ( Frontliners) मा काम गर्ने करिब २ लाख ७१ हजार ८०२ जना लाई पहिलो चरणमा दिइने बताएका थिए।
मन्त्री खैरुले दावी गर्दै भने कि , पि-फाईजर बायोनटेक भ्याक्सिन ८५ % कोरोना विरुद्ध काम गर्ने गरेको र यो भ्याक्सिन एकदमै प्रभावकारी देखिएको जाँचले समेत सुरक्षित रहेको प्रमाणित भैईसकेकोले सबै नागरिक हरुले यो खोप निक्ष्चिन्त भएर लिन सकिने बताए।




















