काठमाडौं:= प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवानिवास जानुहुने भएको छ ।
प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि विकसित घटनाक्रमबारे छलफल हुने भएको हो । प्रधानमन्त्री ओलीले गत पुस ५ गते ताजा जनादेशमा जाने भन्दै प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गर्नु भएको थियो । सोही दिन राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएको थियो ।




















