एजेन्सी := अस्ट्रेलियामा फेसबुकमा समाचार कन्टेन्टहरु हेर्न र सेयर गर्न पाइने भएको छ।
आफ्नो प्ल्याटफर्ममा समाचार राखे वापत् अस्ट्रेलियन संचार कम्पनीहरुलाई पैसा तिर्न पर्ने भएपछि गत बिहीबार फेसबुकले समाचार कन्टेन्टमाथि प्रतिबन्ध लगाएको थियो।
अस्ट्रेलियन अधिकारीहरुसँग छलफलपछि फेसबुकले फेरि फेसबुकमा समाचार कन्टेन्ट राख्न सुरु गरेको हो। पैसा तिर्नुपर्ने कानुनमा केही संशोधन गर्ने तयारी सरकारको रहेको छ।




















