भागरथीका परिवार भन्छन: ‘हामी दिनेशलाई मात्र अपराधी मान्दैनौं ’।

बैतडी := बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीभट्टको बलात्कारपछि हत्यामा संलग्नअभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधवार जिल्लाप्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै भागरथीको बलात्कार पछि हत्यामा संलग्न दोगडा केदार गाउँपालिका–७ चडेपानीकाकै १८ वर्षिया दिनेश भट्टलाई सार्वनजिक गरेको हो ।

आरोपी भट्टको शंकास्पद गतिविधि, लोकेशन, प्रत्यक्षदर्शी र साबिती बयान, प्राविधिक पक्षको विश्लेषणका आधारमा भागरथीको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरि सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताउनु भयो । उहाँका अनुसार भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा मै कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको हो । भट्टविरुद्ध भागरथीको दाइले किटानी जाहेरीसमेत दिएको प्रहरीले जनाएको छ  ।

घटनास्थलको त्रुटि रहित ढंगले प्रमाण संकलन गरेर अनुसन्धान गरिएको र थप अनुसन्धान भइरहेको डिआइजी सुवेदीले बताउनुभयो । माघ २१ गते विद्यालयमा पढ्न गएकी भागरथी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । २२ माग दिउँसो उनको घर जाने बाटोबाट  झन्डै ३० मिटर तल लवलेक बनको झाडीमा भागरथीको शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्टमा भागरथीको टाउको र हातमा चोट लागेको देखाएको थियो भने बलात्कार पछि घाँटी थिचिएका कारण मृत्यु भएको खुलेको थियो । 

‘हामी दिनेशलाई मात्र अपराधी मान्दैनौ’

यद्यपी भागरथीका परिवार तथा छिमेकीले भने प्रहरीले सार्वजनिक गरेका अभियुक्त दिनेश भट्ट एक जनामात्र अपराधी हुन नसक्ने बताएका छन् । ‘यो सानो १६÷१७ वर्षको केटाले एक्लै बलात्कार गरेर मार्न सक्दैन ।’ भागरथीकी आमाले भन्नुभयो, ‘म दिनेश अपराधी होइन भन्न सक्दिन हुन सक्छ तर उ एक्लैले भने गरेको होइन, उ संग अरु पनि संलग्न छन् । ’दिनेशले मात्र एक्लै यति ठुलो अपराध गर्न नसक्ने भागरथीकी दिदि भारती भट्टले आशंका गर्नुभयो ।

उहाँका अनुसार दिनेश र भागरथी दिदिभाई र छिमेकी पनि भएकोले कहिले काँही विद्यालयसंगै आउने जाने गर्थे तर भागरथी माथी यति ठुलो अपराध उ एक्लैले गर्न सक्दैन । ‘प्रहरीले सार्वनजिक गरेको अभियुक्त हामी मान्दैनौ ।’ भागरथीकी दिदिले भन्नुभयो । ‘ हामी उसले गरेन भन्दैनौ तर उसंग अरुपनि संलग्न हुनुपर्छ ।’

उहाँले अगाडी थप्नुभयो, ‘प्रहरीले अरुलाई पनि सार्वजनिक गर्नु पर्यो, होइन दिनेश एक्लै हो भने उसलाई नाबालक भनेर छोड्न र कम कारर्वाही गर्न पाइन्न ।’त्यस्तै उनका छिमेकी बलदेव भट्टले पनि दिनेशले मात्र एक्लै हत्यागर्न नसक्ने बताउनु भयो । ‘म दिनेश भाईसंगै खेल्ने, हिडडुल गरेको छु ।’ उहाँले भन्नुभयो ‘मलाई लाग्दैन दिनेश भाईले एक्लैले मात्र गरेको होला भनेर  उसंग अरु पनि संलग्न छन् जस्तो लाग्छ ।’