“परदेशीया सजना” थारु म्युजिक भिडियोले धुम मचाउदै।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= थारु भाषाको निकै उत्कृष्ट आवाजमा रहेको “परदेशीया सजना” बोलको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ । थारु समुदायका कलाकारिता जगतलाई निकै उदायमन बनाएका एकदमै चर्चित गायक खेम चौधरी र गायिका समिक्षा चौधरीको सुमधुर स्वरमा सजिएको सो म्युजिक भिडियो आरकेसी युटूब च्यानलबाट सार्वजनिक भएको गायक चौधरीले जानकारी दिए ।

एउटा परदेशीयाले गर्ने प्रेमको अनुभुती अनि प्रेमिकाले गर्ने प्रेमपूर्ण पर्खाइलाई श्याम चौधरीले आफ्नो शब्द र सङ्गित मार्फत चित्रण गरेका छन् । भने “मनलागेना अब बिन तोहार” बोलको गीतबाट अपार सफलतापछि सबैको मनमा बस्न सफल अभिनेता नरेश चौधरी र डेब्यु नायिका सबिना महतोको मनमोहक अभिनय रहेको भिडियोमा देख्न सकिन्छ । नरेश चौधरी पेसाले कुसल इन्जिनियर हुनु को साथै समाजसेवी पनि हुन भने सबिना महतो स्टाप नर्स रहेको कलाकारले जनाए ।

उक्त म्युजिक भिडियोलाई पूर्णता दिन सुरज देव कुसुम्याले स्कृप्त लेखन, कोरियोग्रफी र निर्देशन समेत गरेका छन् । थारु म्युजिक इन्डस्ट्रीमा मुख्य भुमिका खेलेका गणेश चौधरीले “परदेशीया सजना” गीतमा एरेन्जिङ गरेका छन् । भिडियोमा बालापनको प्रेमलाई विभिन्न आरोह अबरोह पश्चात् बिबाहमा लागेर टुङ्याइको भिडियोमा प्रस्तुत गरिएको छ । जसलाई रामु चौधरीले क्यामेरामा कैद गरि कुसलता पुर्बक सम्पादन गरेको बताईएको छ ।

त्यसैगरी अहिले विभिन्न समाजिक सन्जालहरुमा यसैको चर्चा चलिरहेको देख्न सकिन्छ । थारु भाषामा बनेको “परदेसिया सजना” बोलको म्युजिक भिडियोका निर्माता पक्षले सदाबहार हेरिने र सुनिने गीतहरुको सुचीमा राखी थारु म्युजिक उधोगमा कोसेढुङ्गा साबित हुने कलाकारले दावी गरेको छन् । सोही म्युजिक भिडियोका गायक चौधरीले पछिल्लो समय थारु कलाकारिता क्षेत्र निकै फड्को मारिरहेको जनाउँदै संगीत प्रेमी स्रोताले अत्यधिक मन पराएका गीतमा रहेकोले भ्युज बढिरहेको गायक चौधरीले जनाए ।