मारियो इटालीका नयाँ प्रधानमन्त्री।

एजेन्सी := मारियो ड्रघीले इटालीका नयाँ प्रधानमन्त्रीका रुपमा शपथ लिँदैछन्। युरोपियन सेन्ट्रल बैंकका पूर्व प्रमुख ड्रघीले आफ्नो मन्त्रिमण्डलमा रहने मन्त्रीहरुको नाम समेत सार्वजनिक गरिसेकेका छन्।

उनलाई सबै मुख्य राजनीतिक पार्टीको सहयोग रहेको बताइएको छ। फाइभ स्टर मुभमेन्टका ड्रघफीलाई कोरोना संक्रमणसँग जुधिरहेको इटालीको आर्थिक र सामाजिक अवस्थालाई स्थिर बनाउन चुनौती रहने स्थनीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

यसअघि गठबन्धन सरकारको नेतृत्व गरेका गुसेप्पी कोन्टेले जनवरीमा राजीनामा दिएका थिए। कोरोना भाइरस नियन्त्रणका लागि युरोपियन युनियनले दिने सहयोग रकम खर्च गर्ने विषयमा गठबन्धनभित्र कुरा नमिलेपछि कोन्टेले राजीनामा दिएका थिए।