सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला ,प्रदेश २ मा वैशाख १७ गते हुने।

काठमाडौं := सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुने निर्णय भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नु भएको थियो ।