गौतमबुद्घ साझेदारी वनको चौंथो साधारणसभा सम्पन्न।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= गौतमबुद्घ साझेदारी वन व्यवस्थापन समितिको चौथो साधारण सभा सम्पन्न भएको छ । जिल्लाको विजयनगर गाउँपालिका–६, उज्जलपुरमा रहेको वन व्यवस्थापनको साधारण सभा बिहीबार सम्पन्न भएको समितिले जनाएको छ ।

सहायक वन अधिकृत संजय कुमार मिश्राले गत आर्थिक बर्ष २०७६–०७७ को प्रस्तुुत गरेको बार्षिक प्रतिवेदनमा ५ करोड २९ लाख ६३ हजार ७ सय १९ रुपैयाको कारोबार भएको प्रतिबेदनमा उल्लेख छ । यस्तै अतिक्रमित वन फिर्ता, वृक्षरोपण ताल तथा घाटगद्दी व्यवस्थापन, सामाजिक विकास, कोभिड–१९ का लागि किट खरिद, तारबार निमार्ण, बिरुवा उत्पादन र भवन निमार्ण लगायत वनका अन्य क्षेत्रमा लगानी गरी सयौं मानिसलाई रोजगारी समेत प्रदान गर्दै आएको अधिकृत मिश्राले बताए ।

वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले वनले रोजगारी मात्रै नभएर छिमेकी देश भारतले अतिक्रण गरेकोे ७९.७९ हेक्टर नेपाली भुमी फिर्ता ल्याईएकोे उनले बताए । अध्यक्ष यादवले वन क्षेत्र हराभरा बनाउन समितिले उल्लेखनिय भुमिका खेलेको बताउँदै सरकारले बैज्ञनिक वन खारेज गरेको जनाए । सो वनले यस अघि पनि थुप्रै सामाजिक गतिविधीमा रकम खर्चिएर आम नागरिकलाई अध्यन ध्यापन र सिपमुलक क्षेत्रमा प्रभावित गर्दै आएको उनले बताए । जिल्लाकै विकट विजयनगरमा वन मार्फत आफूले धेरै क्षेत्रमा योगदान गरि समाज विकासमा टेवा पु्याएको अध्यक्ष यादवले बताए । भारतसँग सिमाना जोडिएको वन भएको हुनाले काम गर्ने क्रममा बाधा अडचन सामना गर्दै अगाडी बढी रहेको उनले जनाए । यस बिषयमा आम नागरिक सचेत भई हातेमालो गरे अघि बढ्न सक्निे समेत अध्यक्ष यादवले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सभालाई सम्बोधन गर्दै वनले गरेका क्रियाकलापले समाजमा सकरात्मक प्रभाव परेको प्रतिक्रिया समेत दिएका थिए ।