डब्लुएचओले नेपाललाई २२ लाख ५६ हजार डोज खोप दिने।

काठमाडौं:= विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज कोरोनाविरुद्धको नेपाललाई प्रदान गर्ने भएको छ । 

कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपाललाई अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रदान गर्ने भएको हो । खोप यसै महिनाको अन्त्यसम्ममा प्राप्त गर्ने छ ।