सोमबार मध्यरातमा किन काठमाडौंको सडकमा निस्किए सेनाका बख्तरबन्द गाडी ?

काठमाडौंः= हिजो सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले काठमाडौंको चक्रपथ परिक्रमा गरेको छ।

नेपाली सेनाले नियमित अभ्यासको क्रममा बख्तरबन्द गाडी सडकमा निकालेको थियो । हतियारसहितको गाडीले रातिको समयमा परिक्रममा गर्दा सर्वसाधरणमा त्रास फैलिन सक्ने सम्भावना भएकाले सेनाले परिक्रमाबारे पहिले नै जानकारी गराएको थियो।

गाडी हेर्न सडकमा सर्वसाधरणहरुको घुइँचो नै लागेको थियो। नेपाली सेनाले ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जनाएको छ।