कक्षा १२ को नतिजा प्रकाशित।

काठमाडौं:= राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण गत बेशाखमा हुनु पर्ने परिक्षा मंसिर ९ बाट सुरु भएको थियो । 

प्रकाशित नतिजा अनुसार १ जनाको परिक्षा रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।  यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको हो र थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो । कोरोना महामारीका बीच पनि परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी थिए । 

परीक्षामा २.४१ देखि २.८० जीपीए ल्याएका छन् । २.८० जीपीए ल्याउने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ । त्यसै गरी www.neb.gov.np र www.neb.ntc.np बाट नतिजा हेर्न सकिने छ ।