टप ग्लोब्सले आफ्नो २१ हजार स्वदेशी,विदेशी श्रमिकलाई कोरोना विरुद्धको खोप लगाउने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा रहेको एकदमै प्रतिष्ठित रबर , ग्लोब्स उत्पादक कम्पनी टप ग्लोब्स कम्पनीले आफ्नो कम्पनीमा काम गर्ने स्वदेशी , विदेशी सम्पूर्ण श्रमिकहरु लाई कोरोना भाइरस (कोभिड १९) विरुद्दको भ्याक्सिन खोप लगाउने बताएको छ।

मलेसियाभरी ४५ वटा भन्दा बढी शाखा रहेको सो कम्पनीले आफ्नो स्वदेशीसँगै विदेशी श्रमिक हरुलाई पनि कोरोनाको खोप उपलव्ध हुने वित्तिकै लगाइने स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले समाचारमा लेखेका छन् ।

टप ग्लोवका कार्यकारी अध्यक्ष लीम वीई चाईले क्वालालम्पुर स्थित नेपाली दूतावासका श्रम काउन्सेलर दिपक ढकाललाई सो बिषयको बारेमा जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ। उनले दूतावासलाई भने , ” आफूहरुले कोभिड विरुद्दको खोपको प्रतिक्षा गरिरहेको र खोप आउने बितिक्कै आफ्नो कम्पनीका काम गर्ने २१ हजार भन्दा धेरै श्रमिकलाई खोप लगाउन उत्सुक रहेको बताए ।

लीमले विदेशी श्रमिकको कल्याणकारी कार्यमा कम्पनीले सक्दो ध्यान दिने गरेको बताए । उनले विदेशी श्रमिकका लागि उपयुक्त बसोवासको प्रवन्ध गरिएको भन्दै राम्रो सुविधा सहित नयाँ पुराना होष्टेलहरु बाट सबैलाई हटाएर नयाँ होष्टलहरु निर्माणको कार्य पनि जारी रहेको र सबैलाई चाडैंनै नयाँ होष्टेलमा बसोबास गर्न दिइने बताएका छन् ।
उनले ति नयाँ होष्टलहरु आगामी दुई बर्ष भित्रमा तयार भइसक्ने बताएको समाचारमा जनाइएको छ।Bernama