दुबई (युएई)ले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकहरुलाई पनि नागरिकता दिने।

एजेन्सी (दुबई):= संयुक्त अरब इमिरेट्स दुबई (युएई) ले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने भएको छ।

शनिबार युएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन रशेद अल मकतुमले सञ्चारकर्मीसंगको कुराकानीको क्रममा भने , ” नागरिकता सम्बन्धी कानून संसोधन गरेर यस्तो व्यवस्था गर्न लागेको हौं। विशिष्ट प्रतिभा भएका, लगानीकर्ता, लेखक, इन्जिनियर वैज्ञानिक, चिकित्सक, कलाकार तथा उनीहरूको परिवारलाई नागरिकता प्रदान गर्ने व्यवस्था नयाँ संशोधनमा गरिएका बताए।

‘हरेक क्षेत्रमा छानिएका ती व्यक्तिलाई युएईको मन्त्रिपरिषद्, स्थानीय एमिराई अदालत तथा कार्यकारी परिषद्ले अनुमोदन गर्नुपर्छ’, प्रधानमन्त्री शेखले भने’, ‘युएईको पासपोर्ट लिनेलाई साविकको नागरिकता राख्न कानूनले दिनेछ।’
यस्ता नागरिकले युएई देशको चौतर्फी विकास र उन्नतिमा टेवा पुग्ने युएई सरकारले बताएको छ ।