[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) ले संक्रमित हुनेको संख्या १ लाख ९० हजार ४३४ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ७०० जना पुगेको छ।
यहीँ मिति सन् २०२१ , जनवरी , २६ तारिख, मंगलबारको दिन कोरोनाको कारण थप ११ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या ७०० जना पुगेको हो।
आज मात्रै पुनः ३,५८५ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ४,०७६ जना निको भएसंगै जम्मा १ लाख ४९ हजार १६० जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म ४० हजार ५७४ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने २८० जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।
यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या र मर्नेको संख्या पुन: ह्वात्तै बढ्दै गैइरहेको देखाउछ।
नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा अच्चानक पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, क्षेत्रमा आवागमन नियन्त्रण आदेश , लकडाउन यहीँ जनवरी १३ तारिखदेखी आउदो महिना फेब्रुअरी ४ तारिखसम्मको लागी कडाइका साथ जारी गर्नुको साथै आउदो अगस्ट महिना १ तारिख सम्मको लागी संकटकाल घोषणा गरिएको मलेसियाको प्रधानमन्त्री तान श्री मुहमदिन यासिनले बताएको छ।

साथै यस् एमसिओ भित्र कोरोना संक्रमण उच्च रहेको क्षेत्रहरुमा मुख्य मुख्य ठाउँ – ठाउँमा रोड ब्लक गरि कडाईका साथ चेकजाँच गरिरहेको साथै कोरोना सम्बन्धि एसओपी पालना नगर्ने हरु स्वदेशी , विदेशी कसैलाई पनि माफी नदिइने , कडा कारवाही गरिने गरेको जनाएको छ।




















