[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसिया स्थित नेपाली दूतावासमा १ हजार ९७४ जना नेपाली श्रमिकको सक्कली राहदानी (पासपोर्ट) थन्किएका छन् ।
दूतावासले आज मिति सन् २०२१ / २६ तारिख , मंगलबारको दिन एक सुचनामा राहदानीहरुको बिवरण सहित सार्वजनिक गर्दै लेखेका छ्न , “सन् २०१३ देखि २०१८ सम्ममा बनेका तर हालसम्म पनि सम्बन्धित व्यक्ति दूतावासमा आएर आफ्नो राहदानी लिएर नगएको , लिन नआएको १ हजार ९७४ जनाको राहदानी दूतावासमै थन्किएको जनाएको छ।
दूतावासले सूचनामा लेखेको छ , ” दूतावासमा नयाँ राहदानी लिन आउने वा आफुसंग राहदानी नभई घर फर्कन यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) लिन आउनेहरुले आफुले बनाएको पुरानो राहदानी दुतावासमा छ की छैन यकिन गरेर मात्र नयाँ राहदानी र ट्राभल डकुमेन्ट लिन आउनु होला,” सुचना मार्फत भनिएको छ।
साथै दूतावासले सुचनामा थप लेखेको छ , ” यो सुचना प्रकाशित भएदेखि अबको ३ महिना भित्रमा आफ्नो राहदानी लिन,बुझ्न सकिने जनाएको छ।”
सन् २०१३ देखि २०१८ सम्मको बिचमा बनेका १ हजार ९७४ जनाको राहदानीहरु मलेसिया स्थित नेपाली दूतावासमा रहेका विवरण हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :
अथवा दूतावासको मोबाईल नम्बर +६०१६२४७२७७७ मा फोन र ह्वाट्सएप मार्फत फोन , म्यासेज गरेर थप बुझ्न सकिने जनाएको छ । अथवा दूतावासको हटलाईन नम्बर हरु : ०३२०२०१८९८/०३२०२०१८९९/०३२०२०१९०१
मा टेलीफोन मार्फत सम्पर्क गरेर बुझ्न सकिने छ।





















