पथलैया:= पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान १ पुरुषलाई बाघले तानेर लागेको छ । बाघले पुरुषलाई आक्रमण गरि जङ्गल तर्फ लगेको आशंकामा खोजी कार्यमा ४ हात्ती लाई प्रयाेग गरिएको पर्सा राष्ट्रिय निकुञ्का प्रवक्ता रमेश यादबले जानकारी दिएका छन् ।
सडकमा हिडिरहेका अन्दाजी ४५ वर्षीय पुरुष पिसाब फेर्न भन्दै अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फ नजिकैको जंगल पसेको केही बेरमै ठुलो आवाजमा चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घटनास्थलमा प्रहरीको टोली पुगेको थियो ।
तर प्रहरीले ति पुरुष लाई भेट्न नसकेपछि बाघले लगेको आशंका गरिएको छ । अहिले निकुञ्जको हात्तीमा नेपालीसेना , प्रहरी सहित वन का कर्मचारीहरु खोजि कार्य मा जुटेका छन् । अहिले सम्म पुरुषको पहिचान भै सकेको छैन ।




















