प्रचण्ड-नेपाल समूहको जुलुसले अस्तव्यस्त।

काठमाडौं:= नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि राजधानीका एक दर्जन ठाउँबाट जुलुस निस्किएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेकपा कार्यकर्ता भृकुटीमण्डपतिर अगि बढिरहेका छन् । राजधानीको माइतीघर, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, कोटेश्वरलगायत ठाउँबाट जुलुस निस्किरहेका छन् ।

प्रधानमन्त्रीले  प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड(नेपाल समूहले विरोधसभा गर्न लागेको हो। विरोधसभा भृकुटीमन्डपमा हुँदैछ ।