मलेसियामा जारी एमसिओको अवधी फेब्रुअरी ४ तारिख सम्मको लागी बढायो।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= अहिले मलेसियामा कोरोना भाइरसको माहामारीले दिनहुँजसो कम्तीमा ४,५ जना मानिसको मृत्यु हुने गरेको छ , र हजारौंहजार संक्रमित फेला परिरहेको छ।

यहीँ मिति सन् २०२१/०१/२१ तारिख बिहिवारको दिन मलेसियन स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पनि मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) ले संक्रमित हुनेको संख्या १ लाख ७२ हजार ५४९ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ६४२ जना पुगेको छ।

सरकारले यहीँ महिना जनवरी १३ तारिखदेखि नै जनवरी २६ तारिखसम्मको लागी कोरोनालाई मलेसियामा नियन्त्रण गर्न , अन्य मानिसमा फैलिन नदिन मोभमेन्ट कन्ट्रोल अर्डर आवागमन नियन्त्रण आदेश ( एमसिओ , लकडाउन ) जारी गरेको छ्।

मलेसियामा जारी मोभमेन्ट कन्ट्रोल अर्डर (एमसिओ) को अवधी बढाएर आउदो महिना फेब्रुअरी ४ तारिख सम्मको लागी पुनः थप गरेको छ।

[ तस्बिरमा मलेसियाको वरिष्ठ रक्षामन्त्री ईस्माइल साब्री याकोब ]

मलेसियाको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोबले स्थानीय सञ्चारकर्मीहरु संगको पत्रकार सम्मेलनमा बोल्दै भने, ” सारावाक बाहेक कोरोनाको जोखिम उच्च रहेको मलेसियाको विभिन्न राज्य र क्षेत्रहरु क्रमशः पेनाङ , सेलाङ्गर , मेलाका , क्वालालम्पुर , पुत्राजाया , लाबुवान , जोहोर , केलान्तान , साबाह , केडाह , पेराक , नेगेरी सेम्बिलान , पाहाङ्ग , तेरेङ्गानु र पेरलिसमा आउदो महिना फेब्रुअरी ४ तारिखसम्मको लागी जारी एमसिओको अवधी थप गरिएको रक्षामन्त्री साब्रीले बताए।

साथै यस् एमसिओ भित्र कोरोना संक्रमण उच्च रहेको क्षेत्र,राज्य हरुमा मुख्य मुख्य ठाउँ – ठाउँमा रोड ब्लक गरि मलेसियन प्रहरी र आर्मी समेत परिचालन गरि कडाईका साथ चेकजाँच गरिरहेको साथै कोरोना सम्बन्धि एसओपी पालना नगर्ने हरु स्वदेशी , विदेशी कसैलाई पनि माफी नदिइने , कडा कारवाही गरिने रक्षामन्त्री साब्रीले  बताएको छ।