एजेन्सी:= अमेरीकामा अब जो बाईडेनको युग शुरु भएको छ । उनले बाईबल छोएर शपथ लिएर कार्यभार सम्हाल्न थालेका छन् । निकै अनुभवि र परिपक्व राष्टपतिको रुपमा हेरिएकाले बाईडेनले ट्रम्पले गरेका गलत निर्णयहरुलाई सच्याउने अनुमान गरिएको छ ।
राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका थिए ।
१२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिएका ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बनेका छन् ।
यस शपथ ग्रहणमा निवर्तमान राष्ट्रपति ट्रम्प उपस्थित भएनन् । ट्रम्प कार्यक्रममा सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स भने सहभागी भएका थिए ।

यसैगरी, कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिईन् । ह्यारिसले उपराष्ट्रपति बन्ने पहिलो महिला एवं पहिलो अश्वेत महिला हुन् । गत नोभेम्बर ३ मा सम्पन्न निकै विवादित निर्वाचनमा ऐतिहासिक मतका साथ बाइडेनले बहालवाला राष्ट्रपति ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका थिए ।
ट्रम्प बाहिरिनु र बाईडेनको प्रवेश हुनु अघि जनवरी ६ मा क्यापिटल हिलमा ट्रम्प समर्थक हतियारधारीले मच्चाएको हिंशामा परी एक प्रहरी अधिकारी सहित ५ जनाको मृत्यु भएको थियो ।३६ वर्षसम्म डेलावरबाट सिनेटर रहनुभएका बाइडनले बाराक ओबामा प्रशासनमा ८ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए ।
सबै अमेरिकीको राष्ट्रपति बन्ने र सबैका लागि काम गर्ने तथा विभाजित देशलाई एकतावद्ध गर्ने बताउँदै आएका बाईडेन तेस्रो पटकको पयासमा राष्ट्रपति बन्न सफल भएका हुन् ।बाइडेन सामु कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने, शिथिल बनेको अर्थतन्त्र उकास्ने, विश्वमा विग्रदै गएको अमेरीकी छविलाई सुधार्नु मुख्य चुनौती रहेको छ ।




















