पालो दोस्रो मिस्टर एण्ड मिस रौनियार २०२१ को ।

काठमाडौं:= मिस्टर एण्ड मिस रौनियार–२०२१ सौन्दर्य एवं सांस्कृतिक प्रतियोगिता हुने भएको छ। यो प्रतियोगितामा सहभागी हुन चाहने रौनियार र गुप्ता समुदायका युवा युवतीले यो प्रतियोगितामा भाग लिन पाउने र उनीहरूको उमेर १६ देखि २८ वर्षभित्रको हुनेपर्ने आयोजक पक्षले जनाएको छ । यो प्रतियोगितामा काठमाडौंबाट भागलिन चाहनेले १७ माघसम्म फारम भरिसक्नुपर्ने छ।

काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै संस्था एमी इन्टरटेन्मेन्टले यो प्रतियोगिताको तयारीमा आफूहरू जुटेको जनाएको छ । संस्थाका अध्यक्ष एमी (राजन) रौनियारका अनुसार यो दोस्रो संस्करण हो । रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन तथा रौनियार युवा युवतीहरूको प्रतिभा प्रष्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिसँगै उहाँहरूको सामाजिक दायारलाई अझ विस्तार गर्न (मिष्टर एण्ड मिस रौनियार–२०२१) को आयोजना गर्न लागिएको राजनले बताउनु भएको छ।

यो प्रतियोगिताको लागि ३ माघमा जनकपुर, १० माघमा वीरगञ्ज र १७ माघमा काठमाडौंमा अडिसन राखिएको पनि कार्यक्रम व्यवस्थापक एनी रौनियारले पत्रकार भेटघाटका क्रममा जानकारी गराउनुभयो । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दै हुनुहुन्छ भने फाइनल इभेन्ट फागुनको तेस्रो साता काठमाडौंमा हुनेछ।

मिस्टर एण्ड मिस रौनियारको बिजेताले विभिन्न उपाधि, पुरस्कार सहित म्युजिक भिडियो, विज्ञापनमा मोडलिङलगायत अन्य अवसर प्राप्त गर्ने पत्रकार भेटघाटका क्रममा बताइयो । यो प्रतियोगितामा गतवर्ष आशिष रौनियार र प्रिया रौनियारले मिष्टर एण्ड मिस रौनियार २०१९ को उपाधि जित्नुभएको थियो।