अन्ततः मुख्यमन्त्री शेरधन राईले बिहे गर्दै, दुलही मिस मंगोल ज्याङ्मु शेर्पा।

काठमाडौं := मिस मंगोल नेपाल–२०१८ ज्याङ्मु शेर्पाको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईका साथ बिहे हुने भएको छ। मिस मंगोल ज्याङ्मु र मुख्यमन्त्री राईका बीच आगामी ११ गते आइतबार बिहे हुने भएको हो।

ज्याङ्मु र मुख्यमन्त्री राईबीच प्रेमविवाह हुन लागेको स्रोतले जनाएको छ। मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरबीच निधै अन्तर छ। शेर्पा र राई एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ।जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौं बस्दै आएकी छिन्।

२०५६ सालमा भोजपुरबाट तत्कालीन नेकपा एमालेबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा छन्। राई भोजपुर निवासी नै हुन। एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन्। राई ओली पक्षीय नेकपामा छन्।